citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

प्रभु महालक्ष्मी लाइफको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा २५.७४ प्रतिशतले वृद्धि भएको हो।

गत आवको असोज मसान्तसम्म १० करोड ३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ८.२३ प्रतिशतले वृद्धि भएर ११ अर्ब १३ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

गत आवको प्रथम त्रैमाससम्म १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीको चालु आवमा बढेर १ अर्ब १७ करोड २९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४१ करोड रुपैयाँबाट वृद्धि भएर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्म कम्पनीले बीमितहरूलाई ३२ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १ अर्ब ३१ करोड रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी पनि ९.३५ रुपैयाँबाट बढेर १०.६९ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११९.३४ रुपैयाँ छ।

gold
himalayan life insurance long ad