stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सिट्रोन बेसाल्ट बन्यो भारतको सबैभन्दा सुरक्षित कुपे एसयूभी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सिट्रोन बेसाल्ट भारतको सबैभन्दा सुरक्षित कुपे एसयूभी बनेको छ । भारत न्यु कार एसेसेमन्ट प्रोग्राम अर्थात बीएनक्याप वा भारत एनक्यापको क्र्यास टेस्टमा सो एसयूभीले एडल्ट प्रोटेक्सन र चाइल्ड प्रोटेक्सन क्याटागोरीमा फोर स्टार सेफ्ट रेटिङ पाएको छ ।

सिट्रोन बेसाल्टका सबै भेरिएन्टमा एडल्ट सेफ्टीमा ३२ मध्ये २६.१९ र चाइल्ड सेफ्टीमा ४९ मध्ये ३५.९०  पोइन्ट प्राप्त भएको हो ।

बेसाल्ट बीएनक्यापमा टेस्ट गरिएको पाँचौ र सिट्रोनको पहिलो गाडी हो । यो भन्दा पहिले यस अन्तर्गत टाटा सफारी, ह्यारियर, नेक्सन र पन्चको क्र्यास टेस्ट भइसकेको छ । टाटाका यी सबै कारमा फाइभ स्टार सेफ्टी रेटिङ मिलेको छ ।

सिट्रोन बेसाल्ट भारतमा हालै लन्च गरिएको एसयूभी हो । नेपालमा भने यो अझै उपलब्ध छैन । यसको मूल्य भेरिएन्ट अनुसार ७ लाख ९९ हजार देखि १३ लाख ५७ हजार भारु सम्म छ । सो कार ६ वटा भेरिएन्टमा ल्याइएको छ ।

सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ रुम र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध गराइएको छ ।

सवारी साधनको सेफ्टी रेटिङका लागि अन्य देशमा विभिन्न परीक्षण भइरहे तापनि भारतमा भने हालै मात्र यसको सुरुवात गरिएको हो ।

prabhu mahalaxmi
kumari