citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

रिलायन्स ग्रुपले नेपाल भित्र्यायो सीएफ मोटोका ३ मोटरसाइकल, कुनको मूल्य कति रु

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सीएफ मोटो तथा जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका तीन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले सोमबार एक कार्यक्रम गरी सीएफ मोटो २५० एनके फन, २५० एसआर फन र ४५० एनके सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा बौल्दै कम्पनीका जनरल मेनेजर उज्जल जोशीले चाँडै नयाँ मोडलको मोटरसाइकल नेपाल भित्र्याउँने बताएका छन् ।

उनले पहिला ग्राहकले पार्टस नपाउने गुनासो सुन्ने गरेकोमा अब यो समस्या नहुने र गुणास्तरमा कुनै गुनासो नआउने बताए ।

सीएफ मोटो २५० एनके फन

२५० एनके फनमा २४९ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डीओएचसी सेटअप यूरो ५ इन्जिन रहेको छ ।

यसको इन्धन क्षमता १२।५ लिटर रहेको छ भने यो मोटरसाइकलमा ६ स्पीड गियरबक्सका साथै स्लाइी क्लच, टीएफटी डिस्प्ले, राइड मोड एबीएस जस्ता फिचर पाउन सकिन्छ ।

साथै, यसको ग्राउन्ड किलिरेन्स १५० एमएम रहेको छ । कम्पनीले यसको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।

सीएफ २५० एसआर फन

स्पोर्टस डिजाइनको यो मोटरसाइकलमा २५० एनके कै इन्जिन प्रयोग गरिएको छ । यसको इन्धन क्षमता १२ लिटर रहेको छ भने ३७ एमएम टेलिस्कोपिक यूएसडी फर्क, एन्टी रिबरस क्लच, मल्टी डिस्क र एबीएस जस्ता फिचर उपलब्ध छ ।

साथै, यसको ग्राउन्ड किलिरेन्स १३५ एम्एम रहेको छ । कम्पनीले यसको मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ ।

सीएफ ४५० एनके

सीएफ ४५० एनकेमा पावर फुल ४४९ सीसी डबल सिलिन्डर प्यारलल ट्वीन इन्जिन दिइएको छ । यसको इन्धन क्षमता १४ लिटर रहेको छ भने स्लिपर क्लच, एबीएस, यूएसडी फर्क, अल एलईडी लाइट जस्ता फिचर उपलब्ध छ ।

साथै, यसको ग्राउन्ड किलिरेन्स १९२ एमएम रहेको छ । कम्पनीले यसको मूल्य ११ लाख १९ हजार ९०० रुपैयाँ तोकेको छ ।

gold
himalayan life insurance long ad