stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एमजि मोटर्सको नव वर्ष अफर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad
national life

एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा।लि।ले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ग्राहकमहानुभावहरुको लागि ‘नयाँ वर्ष २०८१को बहार एमजिसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । अफर अन्तर्गत एमजिको ईभि मोडलमा ग्राहकहरुले निःशूल्क टायर, ७ किलोवाटको एसि चार्जर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाईदाहरु लिनसक्नेछन् ।

अफरको बारेमा चर्चा गर्दै कम्पनीका प्रतिनिधि भन्छन्: “सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरुमा उत्कृष्ट एमजिका सबै गाडीहरु (पेट्रोल तथा ईभि)मा अफरको उपलब्धताले ग्राहक महानुभावहरुलाई हाम्रो गाडी किन्नमा थप प्रोत्साहन गर्ने अपेक्षा हामीले राखेका छौं ।

नव वर्षको सुरुवात एमजिसँग गरौँ भन्दै देश तथा विदेशमा वसोवास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८१को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।”

सय वर्षलामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्रण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउदै आएको छ ।

३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ ।

यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलाएतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन् ।

अहिले नेपालमा एमजि४ ईभि, जेडएस ईभि, कोमेट ईभिगरी ३ विद्युतिय सवारी र हेक्टर, एचएस, र एसटर गरी ३ ईन्धन÷हाइब्रिड सवारीहरु उपलब्ध छन् ।

यी सबै सवारीहरुमा कम्पनीले फरक फरक अफरहरु उपलब्ध गराएकोछ । कम्पनीको अनुसार एमजिका गाडीहरुमा अधिक्तम ७ लाखको नगद छुटसंगै ७ किलोवाटको चार्जर, अतिरिक्त टायर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरुयस योजनामा समावेश छ र यो योजनामा सर्तहरु पनि लागू हुँनेछ।

यो अफर देशैभरिका एमजि २१ सोरुमहरुमा उपलब्ध हुँनेछ भने ग्राहकहरुले आफ्नो नजिकैको सोरुममा गएर अफरको बारेमा थप जानकारी लिन सक्नेछन्।

prabhu mahalaxmi
kumari