citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपालका लागि हिरोको नयाँ बिक्रेतामा सीजी मोटर्स

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल र स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्नो नयाँ आधिकारिक बिक्रेतामा चौधरी ग्रुपको सीजी मोटर्सलाई नियुक्त गरेको छ ।

हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा उत्पादनहरू एसेम्बल गर्नको लागि अत्याधुनिक ग्रीनफिल्ड सञ्चालनमा ल्याउने भएका छन् ।

मार्च २०२४ भित्रै अर्थात २०८०को चैत्र १८ गतेसम्म नेपालमा हिरो बाइक तथा स्कूटर एसेम्बल थालिने चौधरी ग्रुपले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

एसेम्बल प्लान्ट नवलपुर जिल्ला राखिनेछ । यसको क्षमता प्रतिवर्ष ७५ हजार युनिट रहेको छ । जुन आगामी मार्चदेखि सञ्चालनमा आउने छ ।

हिरो मोटोकर्पका ग्लोबल बिज्नेस प्रमुख सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँगको साझेदारीलाई लिएर आफूहरु उत्साहित बनेको बताए ।

उनले नेपाल आफूहरुका लागि अत्यन्तै महत्त्वपूर्ण बजार रहेको पनि बताए । उनले नयाँ साझेदारको साथमा नेपाली बजारमा हिरोको उपस्थिति बलियो हुनेमा आफूहरुको विश्वस्त रहेको बताए ।

साथै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी रूपमा मोटरसाइकल र स्कुटरको अग्रणी निर्माताको रूपमा चिनिने हिरो मोटोकर्पसँगको सहकार्यको घोषणा गर्न पाउँदा हर्षित भएको बताए ।

gold
himalayan life insurance long ad