citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपालमा भित्रियो पहिलो हाइड्रोजनबाट चल्ने कार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हाइड्रोजन इन्धनबाट सञ्चालन हुने पहिलो विद्युतीय कार नेपालम भित्रिएको छ । काठमाडौं विश्वविद्यालय ९केयु०ले शनिबार हुन्डाई कम्पनीद्वारा निर्मित नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी नेपाल भित्र्याएको हो ।

काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजनको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहेको छ । अध्ययन तथा अनुसन्धानकै निम्त केयुले सो कार नेपाल भित्र्याएको हो । विश्वविद्यालय हाइड्रोजन ल्याबका प्रमुख प्राडा विराजसिँह थापाका अनुसार नेपाल आयल निगमको सहायतामा सो गाडी कोरियाबाट ल्याइएको हो ।

विश्वविद्यालयले हाइड्रोजन गाडी सँगै रिफ्युलिङ स्टेशन पनि ल्याएको छ । प्राडा थापाले सबैका लागि सो गाडी टेस्ट ड्राइभको लागि खुला भएको बताएका छन् । साथै उनले भव्य उद्घाटन गरेर सो गाडीलाई सञ्चालनमा ल्याउने बताए ।

विश्वद्यालयले खरिद गरेर ल्याएको सो गाडीलाई अन्तर्राष्ट्रिय बजारमा झण्डै ८० लाख रुपैयाँ पर्छ । १६१ हर्स पावर क्षमता रहेको उक्त गाडीमा एकपटक हाइड्रोजन भरेपछि ३८० माइल सम्म कुद्न सक्छ । गाडीमा ६।३३ किलोग्रामको हाइड्रोजन ट्याङ्क र १२० किलोवा क्षमताको मोटर रहेको छ ।

पछिल्लो समय विश्वभरी नै धेरै चर्चा, अनुसन्धान र परीक्षणको चरणमा रहेको हाइड्रोजन कार अधिक विद्युत् उत्पादनको सम्भावना रहेको नेपालमा उपयोगी हुने अनुमान गरिएको छ ।

himalayan life insurance
igi long