stcnepal long ad
ime life insurance
global ime bank long

महिन्द्राको नयाँ ट्विन पिक २ एस सर्भिस सेन्टर कुपन्डोलमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्रि ग्रुप बालाजु अटो वर्कसले कुपन्डोलमा नयाँ ट्विन पिक २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

उक्त २ एस सर्भिस सेन्टरको उद्घाटन असोज २९ गते क्षेत्रीय प्रबन्धक एपीएसी र समर्थन कार्यहरू अन्तर्राष्ट्रिय अपरेसन्स्, महिन्द्रा एण्ड महिन्द्रा जोइदीप मोइत्रा, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा चैतन्य कगलकार, अग्रि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्रि ग्रुपका कार्यकारी निर्देशक सुसन श्रेष्ठ, अग्रि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले गरेका हुन्।

यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य ललितपुर र वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु रहेको बताइएको छ।

बालाजु अटो वक्र्सले नयाँ २ एस ट्विन पिक सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकहरूलाई स्वागत गरेको कम्पनीको भनाइ छ।

अग्रि ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरूबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ।

उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्रि ग्रुप बालाजु अटो वर्कसले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ।

prabhu mahalaxmi
kumari