तीन दिनमा १ लाख ७६ हजार सर्वसाधारण उपत्यकाबाट बाहिरिए
b;}Fsf] nflu l6s6 a'lsª
b;}F dgfpg 3/ hfgsf nflu gofF a;kfs{df z'qmaf/b]lv v'n]sf] clu|d l6s6 sfp06/df l6s6 a'lsª u/fpg]x?sf] eL8 . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमी (दशैँ) को आज तेश्रो दिन । नवरात्री सुरु भएसँगै काठमाडौं उपत्यकाका व्यापारीक क्षेत्रहरुमा किनमेल गर्नेको भीड लागेको छ ।
असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा, गोंगबु, कलंकी, कालीमाटी, बल्खु लगायत क्षेत्रमा किनमेल गर्ने सर्वसाधरणको भीड लागेको छ । यहीबीचमा पूर्खौली थलोमा दशैँ मान्न जाने सर्वसाधरणहरु काठमाडौं छाडेर जाने संख्या पनि बढ्दो छ ।
विशेषगरी उपत्यकाबाहिर जाने चार वटा नाका छन् । कलंकी – नागढुंगा सडकखण्ड, बल्खु–फर्पिङ सडक खण्ड, बालाजुको वाईपास रोड र भक्तपुर– जगते नाकाबाट घटस्थापनाको दिन देखि मंगलबार बिहानसम्म डेढ लाख भन्दाबढी सर्वसाधरणले उपत्यका छाडिसकेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार घटस्थापनाको दिन ५१ हजार जना उपत्यकाबाट बाहिरिएका थिए ।
त्यसैगरी सोमबार ५१ हजार तीन सय ३८ र पछिल्लो २४ घण्टामा ७३ हजार ८ सय ९६ जना सर्वसाधरण उपत्यकाबाट बाहिरिएको जानकारी एसएसपी भट्टले दिए ।
उनका अनुसार उपत्यका बाहिरिनेको संख्या अझै बढ्ने छ । भट्टले भने,‘ कति जना टिकट बुकिङ गरेर गएका छन्, कति नीजि सवारीसाधनमा गएका छन्, अहिलेसम्म डेढ लाख बढी उपत्यकाबाट बाहिरिएको हाम्रो तथ्यांक छ ।’
ट्राफिक कार्यालयका अनुसार असोज २९ सम्म टिकट अग्रिम बुकिङ ८६ हजार ६ सय जनाले गरेका छन् । गत वर्ष १० लाख सर्वसाधरण दशैँ मान्न उपत्यका बाहिरिएका थिए । यो वर्ष भने करिब १५ लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिने अनुमान ट्राफिक कार्यालयको छ ।
























