stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तातोपानी नाकाबाट उठ्यो १ अर्ब २७ करोड रुपैयाँ राजश्व

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  लक डाउनका बेलामा पनि तातोपानी भन्सार कार्यालयले राजस्व संकलन गर्न सफल भएको छ ।  तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालु आर्थिक वर्षको राजश्व १ अर्ब २७ करोड २६ लाख रुपैयाँ संकलन भएको छ । गत फागुनसम्ममा १ अर्ब ८ करोड ९५ लाख राजश्व संकलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख राजश्व असुली भएको छ ।

यही जेठमा मात्र १२ करोड ७५ लाख राजश्व संकलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ । गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो ।

सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लक डाउन जारी रहँदा त्य नाकाबाट १ अर्ब ७८ करोड २५ लाख २७ हजार रुपैयाँको सामान भित्रिएको छ ।
 औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको हो  । भन्सार कार्यालयका अनुसार २६ चैतदेखि १ अर्ब ६२ करोड १२ लाखको स्वास्थ सामग्री मात्र आयात भएको छ ।
यस्तै, यसअवधिमा ११ करोड २० लाख रुपैयाँको स्याउ र लसुन, ४ करोड ४४ लाखको धानको बीउ, ८२ लाखको कृषि सामग्री र ४९ लाखको एम्बुलेन्स आयात भएको छ ।  रासस
prabhu mahalaxmi
kumari