सितापाइला धार्के सडक खण्ड कालोपत्रे गर्ने काम धमाधम

आर्थिक सञ्जाल
काठमाडौं ।काठमाडौंको कलंकी थानकोट नागढुंगा र आसपास हुने सवारीजामको समस्या समाधान गर्न सितापाइला धार्के सडकखण्ड कालोपत्रे गर्नेकाम भै रहेको छ ।
पहिलो चरणको निर्माण काम २३ करोड रुपैया खर्च गर्ने लक्ष्य रहेको छ । बन्दाबन्दी बीचमा पनि काठमाण्डौको सितापाइला धार्के खण्डको सडकमा कालोपत्रे गर्ने काम भै रहेको छ । २१ किलोमिटर सडक मध्ये हाल ९ किलो मिटर खण्ड कालोपत्रे गर्ने काम अगाडी बढाइएको छ ।
११ मिटर फराकिलो यो सडक काठमाण्डौबाट थानकोट नाका भएर बाहिर जाने सवारी साधनकालागि उत्तम बैकल्पिक राजमार्ग मानिन्छ । सडक बिस्तारकालागि स्थानियले करिव ३ अरव रुपैयाको भूमिदान दिएको नागार्जु न नगरपालिकाका प्रमुख मोहन बस्नेतले बताउनु भयो ।
यो सडकले काठमाण्डौ देखि धार्के सम्मको सवारी चाप निकै कम गर्ने प्रदेश सांसद केशव प्रसाद पोखरेलको भनाइ छ । लामो समय देखी धूँवा र धूलो बाट पिडित रहेका स्थानिय सडक स्तरोन्ती र बिकासले सामाजिक बिकास र मानविय स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताउछन् । निर्माणाधिन सडकको कुल लागत २३ करोड रुपैया रहेको छ । निर्माण कार्य ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।।