stcnepal long ad
global ime bank long

सितापाइला धार्के सडक खण्ड कालोपत्रे गर्ने काम धमाधम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।काठमाडौंको कलंकी थानकोट नागढुंगा र आसपास हुने सवारीजामको समस्या समाधान गर्न सितापाइला धार्के सडकखण्ड कालोपत्रे गर्नेकाम भै रहेको छ ।

पहिलो चरणको निर्माण काम २३ करोड रुपैया खर्च गर्ने लक्ष्य रहेको छ । बन्दाबन्दी बीचमा पनि काठमाण्डौको सितापाइला धार्के खण्डको सडकमा कालोपत्रे गर्ने काम भै रहेको छ । २१ किलोमिटर सडक मध्ये हाल ९ किलो मिटर खण्ड कालोपत्रे गर्ने काम अगाडी बढाइएको छ ।

११ मिटर फराकिलो  यो सडक काठमाण्डौबाट थानकोट नाका भएर बाहिर जाने सवारी साधनकालागि  उत्तम बैकल्पिक राजमार्ग मानिन्छ  । सडक बिस्तारकालागि स्थानियले करिव ३ अरव रुपैयाको भूमिदान दिएको नागार्जु न नगरपालिकाका प्रमुख मोहन बस्नेतले बताउनु भयो ।

यो सडकले काठमाण्डौ देखि धार्के सम्मको सवारी चाप निकै कम गर्ने प्रदेश सांसद केशव प्रसाद पोखरेलको भनाइ छ । लामो समय देखी धूँवा र धूलो बाट पिडित रहेका स्थानिय सडक स्तरोन्ती र बिकासले सामाजिक बिकास र मानविय स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताउछन् । निर्माणाधिन सडकको कुल लागत  २३ करोड रुपैया रहेको छ । निर्माण कार्य ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।।

IME Lifesidebar
kumari