सारथी लघुवित्तसँग मर्जमा जाने प्रस्ताव पारित गर्न नयाँ नेपालले डाक्यो विशेष सभा

आर्थिक सञ्जाल
काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले असार ८ गते विशेष साधारण सभा बोलाएको छ । सभामा सारथीसँग १ः१ सेयर अनुपातमा मर्जरमा जाने विशेष प्रस्ताव छ ।
संस्थाको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । विशेष साधारण सभा म्याक डोनाल्ड फुड क्याफे रेष्टुरेन्ट एन्ड ब्यांकेट बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।
सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तबीच आपसमा गाभिने सम्झौता भएसँगै नेप्सेमा नयाँ नेपालको सेयर कारोबार रोक्का छ । सारथी लघुवित्त भने नेप्सेमा सूचीकृत भएको छैन । हाल नयाँ नेपालको चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ छ भने सारथीको चुक्ता पुँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ रहेको छ ।