stcnepal long ad
ime life insurance
global ime bank long

चिकित्सक र स्वास्थ्य मन्त्रालयबिच ५ बुँदे सम्झौता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबिच ५ बुँदे सम्झौता भएसँगै सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन स्थगित भएको छ ।

१४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई देशभरका चिकित्सकहरूले समर्थन गरेका थिए ।

बुधवार राति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच ५ बुँदे सम्झौता भएको छ ।

सम्झौतामा ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि छानबिन गरी तीन दिनभित्र कारबाहीको दायरामा ल्याउने, सिसिटिभी फुटेज गायब पार्नेलाई पनि तीन दिनभित्र कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।

यसै गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ मा विना धरौटी जेल चलाउन ‘जेल विदआउट बेल’को मर्मको अवधारणा समाविष्ट गरी मन्त्रिपरिषद्ले २०७६ चैत २२ गते गरेको निर्णयमा भएको स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी व्यवस्थालाई थपेर चालु संसद् अधिवेशनमा पेस गर्ने लगायतका सहमति पनि भएको छ ।

prabhu mahalaxmi
kumari