stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् । यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari