stcnepal long ad
global ime bank long

अमेरिका : कोरोना संक्रमित संख्या १९ लाख नाघ्यो, दैनिक संक्रमितभन्दा निको हुने दोब्बर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

यद्यपि अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस कमजाेर हुँदै गएकाे देखिएकाे छ । त्यहाँ संक्रमितहरू निकाे हुने दर बढिरहेकाे छ । पछिल्ला केही दिनयता दैनिक रूपमा नयाँ थपिने संक्रमितभन्दा निकाे हुनेकाे संख्या दाेब्बरले बढी देखिएकाे छ ।

बुधबार एक दिनमा मात्रै अमेरिकामा ४२ हजार ६९६ संक्रमित निकाे भएकाे तथ्यांक वर्ल्डाेमिटर्सले देखाएकाे छ । यससँगै अमेरिकामा अहिलेसम्म कुल संक्रमितमध्ये ६ लाख ८८ हजार ६७० जना पूर्ण रूपमा निकाे भइसकेका छन् । ११ लाख ३ हजारभन्दा बढीमा चाहिँ अझै काेराेना भाइरस सक्रिय रहेकाे छ, जसमध्ये १६ हजार ९३९ काे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।

तर अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या विश्वमै अधिक रहेकाे छ । त्यहाँ हालसम्म १ लाख ९ हजार १४२ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । बुधबार मात्रै १ हजार ८३ जनाकाे मृत्यु भएकाे छ ।

 

उता अमेरिकालाइ पछ्याइरहेकाे ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकाे छ । ब्राजिलमा पछिल्लाे समय संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् ।

बुधबार ब्राजिलमा एकै दिन २७ हजार ३१२ जनामा संक्रमण पुष्टि भएकाे छ, मंगलबार पनि त्यहाँ २७ हजार २६३ जनामा संक्रमण पुष्टि भएकाे थियाे । काेराेना भाइरसकै कारण त्यहाँ बुधबार १ हजार २६९ जनाकाे मृत्यु भएकाे छ । मंगलबार पनि १ हजार २३२ जनाकाे ज्यान गएकाे थियाे ।

अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलाे स्थानमा देखिएकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारक कुल ३२ हजार ५४७ जनाले ज्यान गुमाइसकेका छन् ।

तर त्यहाँ निकाे हुने दर पनि बढी छ । बुधबार ब्राजिलमा एकै दिन २५ हजार ५०५ जना संक्रमणमुक्त भएकाे बताइएकाे छ । ब्राजिलमा हाल काेराेना संक्रमित संख्या ५ लाख ८३ हजार नाघेकाे छ भने निकाे हुनेकाे संख्या २ लाख ६६ हजार नाघेकाे छ ।

IME Lifesidebar
kumari