sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

अमेरिका : कोरोना संक्रमित संख्या १९ लाख नाघ्यो, दैनिक संक्रमितभन्दा निको हुने दोब्बर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

यद्यपि अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस कमजाेर हुँदै गएकाे देखिएकाे छ । त्यहाँ संक्रमितहरू निकाे हुने दर बढिरहेकाे छ । पछिल्ला केही दिनयता दैनिक रूपमा नयाँ थपिने संक्रमितभन्दा निकाे हुनेकाे संख्या दाेब्बरले बढी देखिएकाे छ ।

बुधबार एक दिनमा मात्रै अमेरिकामा ४२ हजार ६९६ संक्रमित निकाे भएकाे तथ्यांक वर्ल्डाेमिटर्सले देखाएकाे छ । यससँगै अमेरिकामा अहिलेसम्म कुल संक्रमितमध्ये ६ लाख ८८ हजार ६७० जना पूर्ण रूपमा निकाे भइसकेका छन् । ११ लाख ३ हजारभन्दा बढीमा चाहिँ अझै काेराेना भाइरस सक्रिय रहेकाे छ, जसमध्ये १६ हजार ९३९ काे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।

तर अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या विश्वमै अधिक रहेकाे छ । त्यहाँ हालसम्म १ लाख ९ हजार १४२ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । बुधबार मात्रै १ हजार ८३ जनाकाे मृत्यु भएकाे छ ।

 

उता अमेरिकालाइ पछ्याइरहेकाे ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकाे छ । ब्राजिलमा पछिल्लाे समय संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् ।

बुधबार ब्राजिलमा एकै दिन २७ हजार ३१२ जनामा संक्रमण पुष्टि भएकाे छ, मंगलबार पनि त्यहाँ २७ हजार २६३ जनामा संक्रमण पुष्टि भएकाे थियाे । काेराेना भाइरसकै कारण त्यहाँ बुधबार १ हजार २६९ जनाकाे मृत्यु भएकाे छ । मंगलबार पनि १ हजार २३२ जनाकाे ज्यान गएकाे थियाे ।

अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलाे स्थानमा देखिएकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारक कुल ३२ हजार ५४७ जनाले ज्यान गुमाइसकेका छन् ।

तर त्यहाँ निकाे हुने दर पनि बढी छ । बुधबार ब्राजिलमा एकै दिन २५ हजार ५०५ जना संक्रमणमुक्त भएकाे बताइएकाे छ । ब्राजिलमा हाल काेराेना संक्रमित संख्या ५ लाख ८३ हजार नाघेकाे छ भने निकाे हुनेकाे संख्या २ लाख ६६ हजार नाघेकाे छ ।

gold
kumari bank
nawakantipur long