stcnepal long ad
global ime bank long

कुमारी बैंकको ऋणपत्रमा माग भन्दा बढी आवेदन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले निष्काशन गरेको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ । सोही कारण बैंकको डिवेन्चर किन्नका लागि आवेदन दिने सबैं लगानीकर्ताले माग बमोजिम डिबेन्चर नपाउने भएका छन् । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका थिए ।

बैंकका अनुसार १ अर्ब २० करोड मूल्य बराबरको १२ लाख (४० प्रतिशत ) एकाइ माग गरिएकोमा १ लाख कित्ता बढी आवेदन परेको हो । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघ–संस्थालाई बिक्री गरिसकेको छ । कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसत भन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरूलाई चुक्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपश्चात् पछिल्लो समय सबैजसो बैंक ऋणपत्र निष्काशनमा जुटेकामा कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गते निष्काशन गरेको थियो ।बैंकले एक हजार रुपैयाँ अंकितदरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०।२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रको ब्याजभुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावॉ १० वर्षपछि अर्थात २०८६ सालमा एकमुष्ट फिर्ता हुने जानकारी दिइन् ।

IME Lifesidebar
kumari