sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेपाल बंगलादेश बैंकद्धारा मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्याप वितरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्यापहरु वितरण गरेको छ । बुधबार काठमाडौँको कमलादीस्थित आफ्नो प्रधान कार्यालयबाट मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्यापहरु वितरण गरेको छ ।
मेरुदण्डीय पक्षघात समुह नेपालले माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वील चियर दौड प्रतियोगिताको आयोजनामा संलग्न सम्पूर्ण सहभागीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सो संस्थाका संयोजक राजेन्द्र खनाल र कोषाध्यक्ष झरना रानालाई मायाको चिनोको स्वरूप क्यापहरु हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सहभागिता जनाउँदा मेरुदण्डमा चोट लागि अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरणा र हौशला बढ्ने हुँदा यस्ता कार्यक्रमहरुलाई प्राथमिता दिई आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले बताए ।

gold
prabhu bank
nawakantipur long