citizens life insurance long ad
stcnepal long ad
national life

क्यान इन्फोटेकको तयारी पूरा

Prabhu Insurance Long Ad

 

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्न लागेको सूचना प्रविधि सम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ । सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण आगामी फागुन २ गते देखि फागुन ७ सम्म भृकुटीमण्डपमा हुन लागेको छ । यस संस्करणको टाइटल स्पोन्सर प्रभु पे रहेको छ । प्रदर्शनीका ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताएका छन ।
क्यान इन्फोटेक २०२० को एसोसिएट स्पोन्सरमा वल्र्ड लिंक कम्युनिकेसन र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् । डायमन्ड स्पोन्सरमा भायानेट कम्युनिकेसन्स रहेको छ । त्यसैगरी, स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिस्ट्रिब्युसन गोल्ड स्पोन्सर रहेका छन् भने जेनेस सोल्युसन, लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र एस–पावर बीपीई सिल्भर स्पोन्सर रहेका छन् । ब्रेन डिजिट आईटी सोल्युसन क्यान इन्फोटेक २०२० को डिजिटल पार्टनर रहेको छ । क्रियटिभ पार्टनरमा आरआर स्कुल अफ टेक्नोलोजी, गेमिङ पार्टनर ओसियन कम्प्युटर तथा अफिसियल सञ्चार संस्थामा प्रविधि पत्रकार मञ्च, अफिसियल इन्सुरेन्समा प्रभु इन्सुरेन्स, रिसर्च पार्टनर सीयसआर, अफिसियल ट्राभल पार्टनर बीएन होलिडेज रहेको छ ।
प्रदर्शनीलाई सफल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एसोसिएसन, एसोसियसन अफ इन्जिनियरिङ कलेजले सहयोग गर्ने भएका छन् ।
यस पटकको क्यान इन्फोटेकको विशेषता इनोभेसन एक्स्पोजर रहनेछ । यस अन्तर्गत स्टार्टअप र इनोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ योजना र आइडियाको प्रदर्शनी गर्नेछन् । क्यान महासंघले यसका निम्ति सार्वजनिक सूचना निकालेरै स्टार्टअप र इनोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन समेत आह्वान गरेको छ । सहभागीहरूलाई क्यान इन्फोटेकमा विभिन्न सुविधा र उत्कृष्टलाई पुरस्कृत गर्ने घोषणा यसअघि नै गरिसकिएको छ ।
प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इनोभेटिभ आइडियाको प्रवद्र्धन गर्ने आफ्नो योजना अनुरूप क्यान महासंघले इनोभेसन एक्स्पोजरलाई विशेष प्राथमिकतामा राखेको हो । सूचना प्रविधि तथा इन्जिनियरिङका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लेटफर्म प्रदान गर्नु, इनोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारोपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य रहेको छ ।
इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इनोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतिस्पर्धा पनि आयोजना गरिनेछ, जसमा हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउनेछन् । यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिने योजना रहेको बताए ।
इन्फोटेकमा विशेष आकर्षणका रूपमा गेमिङ जोन पनि रहनेछ । सो अवसरमा गेमिङ पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोटर््स च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्नेछ, जसमा डोटा टु तथा सीएस गोजस्ता टिमवर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिनेछन् । दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिनेछन् भने उत्कृष्ट आठ टिमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै, विजेताले प्रमाणपत्र सहित १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पे बाटै टिकट किन्न सक्नेछन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेसिनबाट टिकट लिन सकिनेछ । यसले प्रदर्शनी अवलोकन गर्न चाहने व्यक्तिले इन्फोटेक प्रवेशमा लाग्ने समयको बचत गर्न सक्ने अपेक्षा गरिएको छ ।

इन्फोटेकमा विभिन्न अन्तर्रा्ष्ट्रिय मोबाइल कम्पनीहरूले आफ्ना ब्रान्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्रीसमेत गर्नेछन् । अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्कजस्ता उत्पादनहरू पनि प्रदर्शनीमा राखिनेछन् ।

himalayan life insurance
igi long