महालक्ष्मी विकास बैंकद्वारा अनलाइन खाता सेवा सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) का कारण सृजित असहज परिस्थितिमा ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस सेवाबाट महालक्ष्मी विकास बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरुले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था रहेको छ ।
महालक्ष्मी विकास बैंकको वेभसाइट www.mahalaxmibank.com.np मार्फत Mahalaxmi Online Saving देशभर रहेका १०२ वटा शाखाबाट सजिलै खाता खोल्न सकिने छ ।
अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी फारममा उल्लेख गरेको इमेल ठेगानामा पठाइने छ ।
खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकहरुले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन् ।
बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई लकडाउनको नियमपालना गरी घर भित्रै बसेर विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari