citizens life insurance long ad
stcnepal long ad

छ महिनामा भित्रिए ४ लाख ७६ हजार पर्यटक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन् २०२३ को जुन महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जुन महिनामा हवाइ तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका हुन्। जुन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्।

बोर्डका अनुसार भारतबाट ३८ हजार ८४५ पर्यटक भित्रिएका हुन्। त्यस्तै, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट चार हजार ३४३, बेलायतबाट एक हजार ९९२ र अष्ट्रेलियाबाट एक हजार ६३९ जना पर्यटक आएका छन्।

बोर्डका अनुसार सन् २०२३ को ६ महिना ९जनवरीदेखि जुनसम्म० ४ लाख ७६ हजार ५०७ जना पर्यटक नेपाल भित्रिएका छन्।

तथ्यांक अनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७२ हजार ७३० जना पर्यटक भित्रिएका हुन्।

IME Life
kumari