citizens life insurance long ad
stcnepal long ad

अनिल श्रेष्ठ प्रोग्रेशिभ फाइनान्सको सीईओमा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा अनिल श्रेष्ठ नियुक्त भएका छन्।

सञ्चालक समितिको बैठकले आज असार १५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई ४ वर्षका निम्ति सीईओमा नियुक्त गरेको हो।

विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झन्डै १३ वर्ष रिलायन्स फाइनान्सको सीईओका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी मानिने श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभरसिटी अफ क्यालिफोर्नियाबाट व्यावसायिक सञ्चार विषयमा तालिम समेत लिएका छन्। वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गरेका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उचाइ हासिल गर्ने विश्वास सञ्चालक समितिले गरेको छ।

नवनियुक्त सीईओ श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने बताए। ‘यसका निम्ति सबै क्षेत्रबाट आवश्यक सहयोगबाट नै हामी हाम्रो उद्देश्यमा अवश्य सफल हुनेछौँ’, उनले भने।

एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, क्यूआर पेमेन्ट, सी–आस्बा, डी–म्याटलगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिट्यान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरमार्फत सम्पूर्ण बैंकिङ सेवाहरु प्रवाह गरिरहेको छ।

IME Life
kumari