stcnepal long ad
ime life insurance
national life
global ime bank long

हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९% ब्याजदर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  ।  नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन KONA र IONIQ 5 को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुन्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरी यस्तो योजना ल्याएको हो।

यस योजनाअन्तर्गत इच्छुक खरिदकर्ताले ९.९९ ब्याजदरमा (पहिलो वर्षका लागि) हुन्डाई KONA  र IONIQ 5  खरिद गर्न सक्नेछन्। बैंकको ३०१ वटै शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुनेछ।

विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ कम्पनीले हुन्डाई KONA  र IONIQ 5  लक्षितगरी यो अफर ल्याएको हो। यी दुवै ईभी नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुवै ईभीले ग्राहकको मन जित्न सफल भएका छन्।

आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ। हुन्डाई KONA  ३  वटा भेरियन्टमा उपलब्ध छ।

KONA NS को मूल्य रु. ६० लाख ९६ हजार,  GL को ६१ लाख ९६ हजार र GLS   भेरियन्टको रु ६४ लाख ९६ हजार रहेको छ।
यसका साथै ONIQ 5 GLS Vision roof  भेरियन्ट रु. १ करोड २ लाख ९६ हजार को मूल्यमा उपलब्ध छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। साथै ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानमा चार्जिङ प्वइन्ट स्थापना गरी सेवा दिँदै आएको छ।

IME Lifesidebar
kumari