citizens life insurance long ad
stcnepal long ad

वाणिज्य बैंकहरुले सुनको व्यापार गर्दा ३५ करोड घाटा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सुनको व्यापार गर्दा वाणिज्य बैंकहरुले ३५ करोड घाटा बेहोरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ११३.७० किलो अर्थात् ४२ अर्ब ७० करोड रुपैयाँ बराबरको सुन आयात गर्दैगर्दा वाणिज्य बैंकहरुले ३५ करोड रुपैयाँ घाटा बेहोरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७ (१) (ग) बमोजिम ऐनमा व्यवस्था गरिएकोमा बाहेक बैंकले कुनै किसिमको व्यापार गर्न नपाउने व्यवस्था छ । तर, सोही ऐनको दफा ६५ (१) बमोजिम बैंकले विदेशी विनिमय, सुन तथा बहुमूल्य धातु खरिद÷बिक्री गर्न सक्ने सुविधा दिएको छ ।

आफैमा विरोधावास यी दुई प्रावधानका बीच पनि सुनको खरिद बिक्री गरिरहेका बैंकहरुले आर्थिक वर्ष २०७८/७९ मा ५७ अर्ब ९४ करोड रुपैयाँ बराबरको सुनको कारोबार गरेको र उक्त कारोबारमा बैंकहरुलाई ३५ करोड रुपैयाँ (पुनरमूल्याङ्कन नोक्सानसहित) नोक्सान भएको महालेखापरीक्षकको ६०औं प्रतिवेदनले औंल्याएको छ ।

IME Life
kumari