stcnepal long ad
global ime bank long

युक्रेनका लागि हतियार नपठाउन दक्षिण कोरियालाई रूसको चेतावनी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मस्को। सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ ।

वासिङ्टनको सहयोगी सियोलले युक्रेनलाई गैरघातक र मानवीय सहायता प्रदान गरेको छ, तर अहिलेसम्म सैन्य हतियार दिन अस्वीकार गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार रोयटर्ससँग भने, “यदि अन्तर्राष्ट्रिय समुदायले नागरिकमाथि कुनै पनि ठूलो स्तरको आक्रमणलाई स्वीकार्न नसक्ने अवस्था आयो भने मानवीय वा आर्थिक सहायतामा मात्र जोड दिन हामीलाई गाह्रो हुन सक्छ ।”

क्रेमलिनले हतियार आपूर्ति सुरु गर्नुको अर्थ युक्रेन द्वन्द्वमा अप्रत्यक्ष संलग्नता हुने बताएको छ । प्रवक्ता दिमित्री पेस्कोभले भने, “दुर्भाग्यवश सियोलले अमैत्रीपूर्ण कदम चालेको छ ।”
उनले थपे, “हतियार आपूर्ति सुरु हुनुको अर्थ अप्रत्यक्ष रूपमा यस द्वन्द्वमा संलग्नताको एक निश्चित चरण हुनेछ ।

सन् २००८ देखि २०१२ सम्म रूसका राष्ट्रपति रहेका रूसका पूर्वनेता दिमित्री मेदभेदेवले पनि यस्तो चेतावनी दिएका थिए ।

मेदभेदेवले मस्कोले उत्तर कोरियालाई हतियार पठाउन सक्ने बताएका थिए । उनले भने, “मलाई आश्चर्य लागेको छ । यो देशका बासिन्दाले आफ्ना निकटतम छिमेकीहरु अर्थात् उत्तर कोरियाका हाम्रा साझेदारहरूसँग रूसको पछिल्लो हतियार देखेपछि के भन्नेछन् रु”

IME Lifesidebar
kumari