stcnepal long ad
global ime bank long

कुमारी बैंक र सेलट्रोन नेपालबीच सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। कुमारी बैंक लिमिटेडका क्रेडिट कार्ड वाहकहरूले अब सेलट्रोन नेपाल प्रालिबाट अनर ब्रन्डका मोबाइल फोनहरू खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्ने छन्।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको बेलालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत सेलट्रोन नेपाल प्रालिमा पाइने होनर ब्रन्डका विभिन्न मोबाइल फोनहरूको भुक्तानी आफ्नो क्रेडिट कार्ड मार्फत गर्न मिल्ने प्रावधान गरेको हो।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैङ्किङ इकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।

IME Lifesidebar
kumari