पेट्रोलियम पदार्थको मूल्य बढन सक्ने
काठमाडौं । भारतबाट डिजेल–पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको बताइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको निगमका प्रवक्ता ठाकुरले बताएका छन । १५ दिन अघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको बताइएको छ ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री(वितरण गर्दै आएको छ। आइओसीले नेपाल आयल निगमलाई पन्ध्र(पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य दर पठाउने गर्दछ ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ । निगमले परल मूल्य भन्दा घटिमा पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्दा आइओसीलाई र बैंक तथा वित्तीय संस्थालाई १४ अर्ब भन्दा बढी रकम तिर्न बाँकी रहेको छ।























