कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने आज चैत २३ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
कुमारी क्यापिटलले चैत ९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो । क्यापिटलले उक्त योजनाको कुल १० करोड इकाई निष्कासन गरेको हो । पहिलो चरणमा ५ करोड इकाई निष्कासन भएको हो ।
जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ भने ३ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
बाँकी रहेको ५ करोड इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने कुमारी क्यापिटलले जानकारी गराएको छ ।
प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।






















