citizens life insurance long ad
stcnepal long ad

भूगोल इनर्जीको आइपीओमा आजबाट आवेदन खुला

चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको छ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज बिहीबार चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत (१ लाख ८ हजार ८११ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५ प्रतिशत (७१ हजार ९१६ कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमध्येबाट बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कस्तो छ रेटिङको अवस्था

रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत जनाउँछ । इक्रा नेपालले २०७९ माघ १० गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० माघ ९ गतेसम्म बाहल रहनेछ ।

 

 

IME Life
kumari