stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल बैंकले दियो ब्याजमा २% छुट

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार
काठमाडौं । नेपाल बैंकले ऋणीलाई ब्याजदरमा २% छुट दिएको छ । बैंकले गत चैत मसान्तमा कायम ऋणीलाई ब्याजदरमा २% छुट दिएको हो ।
कोरोनाका कारण देशव्यापी बन्दाबन्दी भइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा छुट दिएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै बैंकले ब्याजदर छुट दिएको हो ।
नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीका अनुसार यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दस्तुर तिर्ने ऋणीको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको लागि भएको बताए । साथै, त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २% छुट पाउनेछन् ।
वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिने बताइएको छ ।
यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधार दर बराबरकै अर्थात् ७.८२% कै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन् ।
prabhu mahalaxmi
kumari