citizens life insurance long ad
stcnepal long ad

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९ सय रुपैयाँ पुगेको थियो । तेजावी सुन प्रतितोला एक लाख ७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

IME Life
kumari