citizens life insurance long ad
stcnepal long ad

क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु भएको छ । आँधी पछि आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ भने सयौं घर भत्केका छन् । आँधी र बाढीका कारण हजारौं घरबारबिहीन भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक नर्थवेस्टमा आँधीले ठूलो विनाश निम्त्याउन सक्ने अनुमान गरिएको छ ।

क्यालिफोर्नियाको सलिनास नदीमा पानीको सतह खतरनाक तहमा पुगेको छ जसका कारण २४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । क्यालिफोर्नियामा नै गत साता २ लाख बढी घर र व्यवसायीले बिजुली कटौतीको सामना गरेका थिए जुन हालसम्म पनि जारी छ ।

आँधी र बाढीले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । क्यालिफोर्नियाको मोन्टेरी काउन्टीमा, किसानले आफ्नो खेत जोगाउन बाँध बनाउन थालेका छन् ।

सरकारले किसानलाई उपेक्षा गरेको भन्दै उनीहरु आक्रोशित बनेका छन् । क्यालिफोर्निया सरकारले भने प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारेको छ ।

IME Life
kumari