चैत मसान्तभित्र स्वाबलम्बन लघुवित्तको साधारण सभा आयोजना हुने

काठमाडौं । पुस मसान्तभित्र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा नगर्ने जनाएको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जनाएको छ ।
साथै संस्थाले राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि चैत मसान्तभित्रमा साधारण सभा गरिसक्ने जनाएको छ ।
३० पुस २०७९, शनिवार १३:२१ बजे प्रकाशित