stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज विभिन्न पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन हो । नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्दैछन् । त्यसैले यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३प्रतिशत बोनस सेयर र ७.५३प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

लाभांश पारित गर्न यस बैंकले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट १२.५०प्रतिशत बोनस सेयर र कर तिर्न ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

यसले पुस २८ गते वार्षिक साधारण सभा डोकोछ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३५ बोनस सेयर र कर सहित ९ प्रतिशत नगद लाभांश गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यसले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

राधी विद्युत कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

कम्पनीले पुस २८ गते साधारण सभा डाकेको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर,काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट सुरु हुनेछ ।

बिन्ध्यबासिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५ प्रतिशत का दरले बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

कम्पनीले पुस २२ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari