stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका कार्यकारी अध्यक्ष बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागी नेतृत्वदायी भुमिका निभाएका थिए ।

उनले नेपाल बार एसोसिएसनको संस्थापक सदस्य भएर काम गरेका थिए । सर्वोच्च अदालतको न्यायाधीश  र  नेपाल  निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त समेत भएर उनले काम गरेका थिए ।

वि.सं. २०२४ मा कानुन, न्याय तथा शिक्षा मन्त्री र वि.सं. २०२५ मा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका उनी नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत हुन् ।

उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर हवाई सेवा सुरु गरेका हुन् । हवाई उडानलाई सहज र सरल बनाई सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई नै जान्छ ।

उनका २ छोरा र १ छोरी रहेका छन् । हाल बुद्ध एयरलाई जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेका छन् ।

नेपालको हवाई उद्योगमा बुद्ध एयर अग्रणी संस्था बन्न सफल भएको छ । जनजनको विश्वास जितिसकेको बुद्ध एयरले वार्षिक करिब ३० लाख स्वदेशी र विदेशी यात्रुलाई सेवा दिइरहेको छ ।

एउटा जहाज र ९९ जना कर्मचारीबाट सुरु भएको बुद्ध एयरसँग १६ वटा जहाज र १५ सय कर्मचारी कार्यरत छन् ।

prabhu mahalaxmi
kumari