stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल बैंकको अधिकांश सूचक प्रभावित देखियो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको अधिकांश सूचक घटेको छ । यस अवधिमा वितरण योग्य नाफा ह्वातै घटेको छ । वितरण योग्य रकम १०३.८२% ले घटेर ६ करोड १९ लाख ८२ हजार रुपैयाँ नोक्सानमा आइपुगेको छ ।

गत वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ६२ करोड १६ लाख ९६ हजार रुपैयाँ थियो । बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नियामकीय जगेडामा ट्रान्सफर गरेका कारण वितरण योग्य मुनाफा ऋणात्मक भएको हो ।

रिटेन्ड् अर्निङ शीर्षकमा भने आकर्षक वृद्धि देखिएको छ । चैत मसान्त सम्म आइपुग्दा बैंकको खुद नाफा पनि घटेको छ ।

खुद नाफा ११.०८% ले घटेर १ अर्ब ९९ लाख ६५ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यसले २ अर्ब २४ करोड ५५ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १०.७९% र १५.१३% ले घटेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३९ पैसाले घटेर २७ रुपैयाँ १३ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २९६ रुपैयाँ १३ पैसा रहेको छ ।

 

prabhu mahalaxmi
kumari