stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दुई चालक नराख्ने ४१ यात्रुबाहक बस कारबाहीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले काठमाडौंको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाएपछि कारवाही गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार टिसिए एपमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङ्गा नाका सहित सातै वटै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको यकीन हुन्छ।

०७५ माघ २८ बाट सुरु भएको यो चेकिङ केही समय, सञ्चालनपछि कोभिड लगायतले रोकिएकोमा पुनः गत असोज ३१ बाट शुरुवात भएको थियो। पछिल्लो पटक ४१ सवारीसाधनका चालक कारवाहीमा परेको महाशाखाले जनाएको छ।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक ५ घण्टापछि पालै पालोसँग सवारी चलाउनुपर्छ।

तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रुपले लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई जना चालकको व्यवस्था छ।

 

prabhu mahalaxmi
kumari