stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ब्राजिलमा पूर्वराष्ट्रपतिका समर्थक र प्रहरीबीच झडप हुँदा दर्जनौं घाइते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ब्राजिलमा सत्ताबाट बाहिरिन लागेका दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले राजधानी ब्रासिलियास्थित संघीय प्रहरी प्रधान कार्यालयमा आक्रमणको प्रयास गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीको भीड आदिवासी नेता जोसे एकासियो सेरेरे जाभान्तेलाई थुनिएको संघीय प्रहरी भवनमा प्रवेश गर्न खोज्दा प्रहरीसँग भिडन्त भएको हो । प्रदर्शकारीहरुले थुप्रै निजी र सरकारी सवारी साधनमा आगजनी गर्नुका साथै सडक समेत अवरुद्ध गर्दा जनजीवन अस्तब्यस्त बनेको छ ।

बोल्सोनारो समर्थित एक जना आदिवासी नेतालाई प्रहरीले गिरफतार गरेपछि आन्दोलन चर्केको हो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो भिडन्त हुँदा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।

बोल्सोनारोलाई गत महिनाको चुनावमा उहाँका वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्नुभएको थियो । यद्दपी बोल्सोनारोका केही समर्थकले चुनावी पराजय अस्वीकार गर्दै आएका छन् ।

ब्राजिलको सर्वोच्च अदालतका न्यायधिश अलेक्जान्द्रे डी मोराएसले प्रजातन्त्र विपरीत गतिविधि गरेको आरोप लगाउँदै आदिवासी नेतालाई १० दिन प्रहरी हिरासतमा राख्न आदेश दिएको थियो ।

prabhu mahalaxmi
kumari