stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ब्राजिल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० गोलले हरायो । लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेल अगावै अन्तिम १६ मा पुगेको हो ।

पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले हराएको थियो । ब्राजिलको जितमा क्यासेमिरोले निर्णायक गोल गर्नुभयो । उहाँले ८३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै ब्राजिललाई जिताउनुभयो ।

स्वीट्जरल्यान्डको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल हुन सकेन । यस जितसँगै ६ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा छ ।

दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डको तीन तथा क्यामरुन र सर्बियाको एक एक अंक छ । स्वीट्जरल्यान्डले पहिलो खेलमा क्यामरुनलाई १–० गोलले हराएको थियो ।

सोमबार नै भएको खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । ब्राजिल विश्वकपको नकआउट चरणमा पुग्ने दोस्रो टोली हो ।

यसअघि समूह ‘डी’ बाट साविक विजेता फ्रान्सले अन्तिम १६ मा स्थान बनाईसकेको छ ।

prabhu mahalaxmi
kumari