stcnepal long ad
ime life insurance
global ime bank long

पोर्चुगल नकआउट चरणमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह एच अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २(० गोलले हरायो ।

लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो । यसअघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३(२ गोलले पराजित गरेको थियो ।

पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेसले गर्नुभयो । दुवै गोल दोस्रो हाफमा गरेको पोर्चुगलका लागि ब्रुनोले ५४ अ‍ौं मिनेटमा राफायल गुरेईरोको पासमा खाता खोल्नुभयो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । उरुग्वेका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि पोर्चुगलले भीएआरको सहायतामा पेनाल्टी पाएको थियो ।

यता पहिलो हाफमा राम्रा अवसर गुमाएको उरुग्वे दोस्रो हाफमा निरास बन्यो । जितसँगै ६ अंक बनाएको पोर्चुगल शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको घानाको तीन अंक छ ।

सोमबारनै भएको खेलमा घानाले दक्षिण कोरियालाई ३२ गोलले हराएको थियो । उरुग्वे र दक्षिण कोरियाको समान एक एक अंक छ । अब समूहको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

 

prabhu mahalaxmi
kumari