stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनद्वारा सैनिक स्वास्थ्य महानिर्देशनालयलाई मास्क हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रण गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयलाई मास्क हस्तान्तरण गरेको छ ।

बुधबार १० हजार थान मास्क हस्तान्तरण गरेको इम्पोर्टर्स एशोशियसनले जनाएको छ । भद्रकाली स्थित नेपाली सेनाको मूख्यालयमा आयोजित समारोहमा संघका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

अध्यक्ष् मलहोत्राले यस सहयोगले (कोभिड–१९) महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताएका थिए ।

prabhu mahalaxmi
kumari