stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालीको प्रतिव्यक्ति आय १,२६,०१८ रुपैयाँ अर्थात् १,०८५ अमेरिकी डलर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौं । नेपालीहरुको औसत प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो कुल गार्हस्थ्य उत्पादन वार्षिक १ लाख २६ हजार १८ रुपैयाँ हुन आउँछ । गत आर्थिक वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ अमेरिकी डलर थियो। जुन नेपाली रुपैयाँमा गत वर्ष १ लाख १७ हजार २६८ थियो । यसआधारमा प्रतिव्यक्ति आय वार्षिक ८ हजार ७५० रुपैयाँले बढेको देखिन्छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । विभागका अनुसार चालु आर्थिक वर्ष २.२७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल हुनेछ । गत आर्थिक वर्ष ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो। यसैगरी, गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब रहेको छ ।

यसैगरी, कुल गार्हथ्य उत्पादन उपभोक्ता मूल्यमा ३७ खर्ब ६७ अर्ब छ । कोरोना भाइरसका कारण अर्थतन्त्रका समग्र सूचकहरु ओरोलो लाग्ने क्रममा रहेका हुन् ।

 

अझ भाइरसले कतिसम्म असर गर्छ भन्ने यकिन भइसकेको छैन । यसर्थ, तथ्यांक विभागले आगामी दिनमा पनि प्राप्त तथ्यांकहरुका आधारमा थप प्रक्षेपणहरु सार्वजनिक गर्दै जाने बताएको छ । विशेषगरी रेमिटेन्स, होटल तथा रेस्टुँरा सहित समग्र पर्यटन र यातायात क्षेत्रमा कोरोनाले बेस्सरी असर पुर्याएको छ । आर्थिक गतिविधि ठप्प भएका छन् ।
विभागका अनुसार चालु आर्थिक वर्षमा प्राथमिक क्षेत्र मानिने कृषि, वन, मत्स्यपालन, खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर २.५ प्रतिशत हुनेछ । गत आर्थिक वर्ष जीडीपीमै महत्वपूर्ण योगदान दिन धानको उत्पादन झन्डै ९ प्रतिशतले बढेपछि यो क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत थियो । द्वितीय क्षेत्रमा पर्ने निर्माण, उद्योग, विद्युत, ग्याँस लगायत क्षेत्रको विस्तार ‍‍३.३६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष यस क्षेत्रको वृद्धि ८.१  प्रतिशत थियो ।
prabhu mahalaxmi
kumari