stcnepal long ad
global ime bank long

४१ वर्षपछि जन्मकैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

स्याङ्जा । जन्मकैद सजाय तोकिएका फरार प्रतिवादी चापाकोट नगरपालिका-८ बस्ने हाल ६७ वर्षीय डिल्ली बहादुर घर्तिलाई घटना घटेको ४१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०३३ साल बैशाख २ गते तत्कालीन रत्नपुर गाँउ पञ्चायत हाल चापाकोट नगरपालिका-८ काली गण्डकी नदी किनारास्थित खोरियाघाटमा मेला चलिरहेको बखतमा पाल्पा तत्कालीन गोदारछाप गाँउ पञ्चायत बस्ने भारतिय सेनामा कार्यरत रही घरबिदामा आएका २४ वर्षीय जीत बहादुर रानालाई कुटपिट गरी कालीगण्डकी नदीमा फालेर बेपत्ता बनाएकोमा घटनाको ३ दिनपछि घटनास्थल भन्दा करिब ४ सय मिटर टाढा कालीगण्डकी नदीमै जीत बहादुरको शव फेला परेको थियो ।

उक्त घटनामा संलग्नहरु १३ जनालाई जिल्ला अदालत स्याङ्जाबाट २०३६ माघ १७ गते कसूरदार ठहर गरी जन्मकैदको फैसला भएकोमा तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन भईसो अदालतबाट २०३९ कात्तिक २४ गते जिल्ला अदालत स्याङ्जाकै फैसला सदर गरेको र प्रतिवादीहरूले पुन: सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा २०४० माघ ८ गते जिल्ला तथा क्षेत्रीय अदालतकै फैसला सदर गरेको थियो ।

जन्म कैदको सजाय तोकिए पश्‍चात फरार रहेका प्रतिवादी मध्येका डिल्ली बहादुरलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले सजाय भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।

फरार प्रतिवादीमध्ये तत्कालीन रत्नपुर गाउँ पञ्चायत-८ बस्ने हाल ७० वर्षीय भक्त बहादुर कुमाललाई २०७१ माघ ६ गते प्रहरीले पक्राउ गरेकोमा हाल जिल्ला कारागार कास्कीमा सजाय भुक्तान गरिरहेका छन् भने अर्का फरार प्रतिवादी तत्कालीन रत्नपुर गाउँ पञ्चायत-८ हाल चापाकोट नगरपालिका-८ घर भएका तत्काल चापाकोट टार सिंचाई आयोजनामा पियन पदमा कार्यरत हाल ६५ वर्षीय देबि बहादुर घर्तीलाई २०७५ भदौ २१ गते प्रहरीले पक्राउ गरेकोमा हाल जिल्ला कारागार पाल्पामा सजाय भुक्तान गरिरहेकाछन् ।

घटनामा संलग्न रही फरार रहेका अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

 

IME Lifesidebar
kumari