citizens life insurance long ad
stcnepal long ad

नेवारहरु द्धारा संस्कृति संरक्षणमा जोड

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । नेवार समुदायको छाता संङठन नेवा देय दवु कास्कीले नेवार समुदायको संस्कृति ,परम्परा संरक्षण सहित पूर्ण एकातामा जोड दिएको छ ।

समितिले शनिवार पोखरामा गरिएको नेपाल सम्वत ११४३ को उपलक्षमा आयोजित शुभ कामना आदन प्रदान कार्यक्रममा वत्ताहरु राष्टिय बिभुती शंकर ध्वज साखाको शालिक निमार्णमा नेवार समुदाय एक हुनु प्रर्ने अध्यक्ष कृष्ण मान ढुसाजुले बताए ।

सो कार्यक्रमको सुभारम्भ गदै पोखरा महानगर पालिका वडा नं ९ का अध्यक्ष दिप्रेन्द्र मर्सानीले कला संस्कृतिको महत्वले पोखराको पर्यटन विकासमा योगदान दिन सकिने बताए ।

कार्यक्रममा पोखरा महानगर पालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानङ ,वडा नं ११ का अध्यक्ष प्रेम कृष्ण कर्माचार्य, सृजना विकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा, सञ्चालिका समुहका अध्यक्ष कविता श्रेष्ठ, जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व कुमार विजुक्छे , दवु का प्रदेश अध्यक्ष हरिकुमार श्रेष्ठ ,सल्लाहकर गोविन्द ध्वज श्रेष्ठ, आदिवासी जनजाति महासंघका सचिव सुनिल लामा , नेवा खलका उपाध्यक्ष प्रेम कुमार लिगल , जेष्ठ सल्लाहकार भत्तmराज श्रेष्ठ लगायतले समुदायको विकासमा लाग्नु पर्ने बताएका थिए ।

समितिका अध्यक्ष कृष्ण मान ठुसाजुको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लिला बहादुर श्रेष्ठ ,महिला सचिव रिता नापितले संस्थागत भनाई राखेका थिए ।

IME Life
kumari