stcnepal long ad
ime life insurance
global ime bank long

एलपी ग्याँस उद्योग संघले कोरोना कोषमा दियो १५ लाख रुपैयाँ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार

काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघद्धारा नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

ग्याँस उद्योग संघ तर्फबाट अध्यक्ष गोकुल भण्डारीले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सोमबार उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा ग्याँस उद्योग संघका पुर्व अध्यक्ष तथा अन्य विभिन्न पदाधिकारीहरु समेत उपस्थित थियो । सो कार्यक्रममा मन्त्री भट्टले मुलुकमा रहिरहेको लकडाउनले आम सर्वसाधारणहरुको जीवनयापनमा आइपरेको संकटको यस घडीमा समेत ग्याँस उद्योग संघले खाना पकाउने एलपी ग्यास अभाव हुन नदिएकोमा व्यवसायीहरुलाई धन्यवाद दिएका छन् ।

prabhu mahalaxmi
kumari