citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कोरोना भाइरसको अवस्था कहाँ कस्तो छ ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार

काठमाडौ । कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या करिब २ लाख ७ हजार रहेको छ । पछिल्लो एक दिनमा ७३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या करिब ३० लाख नजिक पुगेको छ । हालसम्म ८ लाख ७८ हजार जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी  अमेरिकामा ९ लाख ८७ हजार ३२२ जना संक्रमित रहेका छन् ।

त्यहाँ ५५ हजार ४१५ जनाको ज्यान गएको छ । अमेरिकामा १ लाख १८ हजार ७८१ जना उपचारपछि डिस्चार्ज भएका छन् । स्पेनमा २ लाख २६ हजार ६२९ जना संक्रमित हुँदा २३ हजार १९० को ज्यान गएको छ । इटालीमा १ लाख ९७ हजार ६७५ जना संक्रमित हुँदा २६ हजार ६४४ जनाको ज्यान गएको छ ।

पछिल्लो केही दिनयता स्पेन र इटालीमा संक्रमित र मृतक घटेपछि लक डाउन खुकुलो बनाउन थालिएको छ । फ्रान्समा १ लाख ६२ हजार १०० जना संक्रमित हुँदा २२ हजार ८५६ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ५७ हजार ७७० जना संक्रमित हुँदा ५ हजार ९७६ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ५२ हजार ८४० जना संक्रमित हुँदा २० हजार ७३२ जनाको ज्यान गएको छ ।
टर्कीमा १ लाख १० हजार १३० संक्रमित हुँदा २ हजार ८०५ को ज्यान गएको छ । इरानमा ९० हजार ४८१ जना संक्रमित हुँदा ५ हजार ७१० जनाको ज्यान गएको छ । पछिल्लो एक दिनमा चीनमा पनि ३ संक्रमित थपिंदा १ जनाको मृत्यु भएको छ । चीनमा हालसम्म ८२ हजार ८३० जना संक्रमित भइसकेका छन् भने मृतक संख्या ४ हजार ६३३ पुगेको छ ।
यता, रुसमा ८० हजार ९४९ संक्रमित हुँदा ७४७ जनाको ज्यान गएको छ । ब्राजिलमा ६३ हजार १०० जना ंसंक्रमित हुँदा ४ हजार २८६ को मृत्यु भएको छ । क्यानाडामा ४६ हजार ८५९ जना संक्रमित भएका छन् भने २ हजार ५६० को ज्यान गएको छ । बेल्जियममा ४६ हजार १३४ जना संक्रमित हुँदा ७ हजार ९४ को ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ५२ जना संक्रमति फेला परेका छन् । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
gold
himalayan life insurance long ad
kumari bank