stcnepal long ad
global ime bank long

मोडलिङ तथा गायनमा पहिचान बनाउदै–सुजाता पाण्डे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। भेटनरी डाक्टरको अध्ययन संगै मोडलिङ र गायनमा आफुलाई अब्बल साबित गर्न सफल बनेकी मोडल तथा नव गायिका हुन् सुजाता पाण्डे। मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ।

मनोरंजन क्षेत्रमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ। त्यही अनुरुप आफ्नो कला क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन सुजाता पाण्डे।

राजधानी काठमाडौं शहर, सपनाको शहर जहाँ दैनिक हजारौं मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात मोडलिङ र गित संगीत क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो।

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ।

त्यस्तै चाहना लिएर गायन र मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी मोडल हुन सुजाता पाण्डे अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।

बुटवल जन्मथलो भएर बिगत केहि बर्ष देखि काठमाडौंलाइ कर्मथलो बनाउदै भेटनरी डाक्टरको अध्ययन संगै मोडलिङमा संघर्ष गर्दै आएकी मोडल सुजाताले करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गर्नुको साथै केहि गितहरुमा आफ्नो स्वर दिसकेकी छिन, त्यसैगरी विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएर आफ्नो नृत्य तथा अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन ।

उनले उत्कृष्ट नब गायिका, उत्कृष्ट मोडल लगायतका अवार्ड जित्न सफल भईसकेकी छिन भने विभिन्न कला सम्मान समेत पाउन सफल भएकी छिन।

अभिनय तथा नृत्यमा पोख्त मोडल सुजाता सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन, सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो।

उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन िबहुप्रतीभा भएकी बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो।

सुजाता हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन। मोडल सुजाता भन्छिन यदि कुनै चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउछिन ।

सानै उमेर देखि गायिका, मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने सुजाता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन ।

सुजाताले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो।

एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि मोडल पाण्डे बताउछिन।

 

IME Lifesidebar
kumari