stcnepal long ad
ime life insurance
global ime bank long

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’ रु. १०० मा सिम, अल नेटवर्क टक टाईम र डेटासहितका कम्बो प्याकहरु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि ले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबारबाट सञ्चालनमा आएको छ । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बन्डलिङ गरिएको प्याकहरु लिन सक्छन् ।
नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित मात्र रु १०० मा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् । यो सिमको विषेशता भनेको यसमा पे यज यु यो रेट लागु हुदैन र पर्यटकहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिन सम्म समय सिमा रहेका विभिन्न पाँच कक्बो प्याक मध्ये कुनै एक प्याक लिन सक्छन् । पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखि तयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित रु २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्छन् ।
अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित रु १,४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याकअन्तर्गत करसहित रु २,८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउने छन् ।
पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स १७१०५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सञ्चालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ । टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ ।

prabhu mahalaxmi
kumari