stcnepal long ad
ime life insurance
national life
global ime bank long

सम्मानित व्यक्तिप्रति अनास्था फैलाउने पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बैशाख १०, २०७७ बुधबार

काठमाडौं । सम्मानित संस्थाका व्यक्तिहरु उपर अनास्था फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने ४५ वर्षीय गोपी बल लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लामाले सम्मानित संस्थाका व्यक्तिहरु उपर अनास्था फैलाउने उद्देश्यले फोटो संम्पादन गरी स्ट्याटस समेत लेखि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनलाई महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा उपमहानगरपालिकाबाट पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान गरी कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

IME Lifesidebar
kumari