stcnepal long ad
ime life insurance
national life
global ime bank long

नियन्त्रित लागूऔषध सहित पक्राउ   

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 आर्थिक सञ्जाल बैशाख १०, २०७७ बुधबार

धनुषा । मुखियापट्टि मुसहरनिया गाउँपालिका-६ मर्नाघाटबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याबलेट ७५ पिस, स्पास्मो प्रोक्जिवन प्लस क्याप्सुल ७६ पिस र एक्जिप्लान ३० बोतल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नगराईन नगरपालिका-२ बस्ने दिपक मंडल र सोही ठाउँ बस्ने २४ वर्षीय राम करण मंडल रहेका छन् । सिमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरीले सोही ठाउँमा उनीहरुलाई लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

IME Lifesidebar
kumari