नियन्त्रित लागूऔषध सहित पक्राउ

आर्थिक सञ्जाल बैशाख १०, २०७७ बुधबार
धनुषा । मुखियापट्टि मुसहरनिया गाउँपालिका-६ मर्नाघाटबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याबलेट ७५ पिस, स्पास्मो प्रोक्जिवन प्लस क्याप्सुल ७६ पिस र एक्जिप्लान ३० बोतल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नगराईन नगरपालिका-२ बस्ने दिपक मंडल र सोही ठाउँ बस्ने २४ वर्षीय राम करण मंडल रहेका छन् । सिमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरीले सोही ठाउँमा उनीहरुलाई लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।