stcnepal long ad
ime life insurance
global ime bank long

बढी मूल्यमा सामान बिक्री वितरण गर्ने मेडि सप्लायर्सलाई २ लाख जरिवाना  

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

आर्थिक सञ्जाल वैशाख ८, २०७७ सोमबार

बाँके । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पनि देखा परेको अवस्थामा अत्यावश्यक मेडिकल सामग्री बढी मूल्यमा बिक्री गर्ने नेपालगंज उपमहानगरपालिका-१ धम्वोझी चोकस्थित हिल्स मेडि सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

अत्यावश्यक मेडिकल सामग्रीको अत्यधिक माग रहेको अवस्थामा बाँके जिल्लाका केही मेडिकल स्टोरले उक्त सामग्रीहरु बढी मूल्य राखी बिक्री वितरण गरिरहेको सूचना प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको ट्विटर पेजमा प्राप्त भएपछि प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान बिभागमार्फत ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङलाई कानूनी कारवाहीको लागि पत्राचार गरिएको थियो ।

उक्त पत्राचारको आधारमा जिल्ला प्रशासन कार्यालय बाँके, बाणिज्य कार्यालय बाँके, उपभोक्ता हित संरक्षण मञ्च र ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले उक्त चोकस्थित कमला मेडिसिनलाई सचेत गराउनुका साथै उक्त हिल्स मेडि सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम बाणिज्य कार्यालय नेपालगंजले उक्त जरिवाना गरेको हो ।

prabhu mahalaxmi
kumari