stcnepal long ad
ime life insurance
global ime bank long

एनसीसी बैंकले कोरोना कोषमा एक करोड सहयोग

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ६, २०७७ शनिबार

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । उक्त रकम मध्ये  ६५ लाख रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोषमा र ५/५ लाख रुपैयाँ गरी जम्मा ३५ लाख सात वटै प्रदेशहरुले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो ।

शुक्रबार बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरिदिएको हो भने प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं. २ का मुख्यमन्त्री लाल बाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई उक्त रकम वरावरको चेक बैंकका प्रतिनिधिहरु मार्फत प्रदान गरिएकोे हो ।

prabhu mahalaxmi
kumari